मेयर बालेन्द्र शाह ‘बालेन’ र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित काठमाडौँ महानगरपालिकाका ३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। मेयर शाह, नगर प्रहरी प्रमुख पाण्डे र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध कुटपिट र लुटपाटको अभियोगमा बिहीबार जिल्ला अदालतमा काठमाडौँमा मुद्दा दायर गरिएको हो।

प्राणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोखरेलले आफूलाई कुटपिट र लुटपाट गरिएको दाबी गर्दै शाहविरुद्ध अदालतमा मुद्दा दर्ता गराएका हुन्। ‘मुद्दा दर्ता भएको छ, अब उहाँहरूविरुद्ध म्याद पठाउने तयारी भइरहेको छ’, अदालत स्रोतले शुक्रबार बिहान बताएको छ । उनीहरूविरुद्ध कुटपिट अभियोगमा मुलुकी अपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना तथा लुटपाट अभियोगमा दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरिएको छ।

गत फागुन १६ गते सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको थियो। सो क्रममा आफूलाई कुटपिट गरिएको र क्यामेरालगायत सञ्चार उपकरण फुटाइदिएको आरोप प्रधान सम्पादक पोखरेलले अदालतमा दिएको निवेदनमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय