काठमाडौं । काठमाडौंबासीले तत्काल बन्द गरिएको मेलम्ची खानेपानी ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

सोमबार काठमाडौं उपत्यका संघर्ष समितिले रित्ता गाग्री, लोटा, बाल्टिन बोकेर प्रदर्शन गर्दै विरोध र्याली निकालेका हुन । मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर्न माग गर्दै कोटेश्वर–तीनकुने क्षेत्रमा विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा ‘मेलम्ची पानीमाथिको चलखेल बन्द गर, मेलम्चीको पानी तुरुन्त खोललगायत नारा लगाईएका थिए । मेलम्ची खानेपानी पटक–पटक बन्द हुँदा अझै उपत्यकावासीले दीर्घकालीन रूपमा उपयोग गर्न पाएका छैनन् ।

पहिलोपटक २०७८ चैत १५ गते काठमाडौं उपत्यकामा पानी वितरण थालिएको थियो । २०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको बाढीले आयोजनामा क्षति पुग्दा ९ महिनापछि अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो । सरकारले पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गते मेलम्चीको पानी ल्याउन बन्द गरेको थियो । बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी काठमाडौं आयो । मेलम्ची खानेपानी विकास समितिले यो वर्षामा पनि मेलम्चीको पानी ल्याउन संरचना मर्मतको काम गरिने भन्दै गत जेठ ५ गतेदेखि १५ गतेसम्म पानी पठाउन बन्द गर्यो । उक्त संरचना मर्मतपछि पानी उपत्यकामा आयो तर, विकास समितिले पानी पुनः बन्द गर्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय