काठमाडौं ।म्यानचेस्टर सिटीले फिफा क्लब वर्ल्डकपको उपाधी  जितेको छ ।

म्यानचेस्टर सिटीले ब्राजिलको फ्लुमिनेसलाई ४–० ले हराउँदै फिफा क्लब वर्ल्डकप जितेको हो । खेलमा म्यानचेस्टर सिटीका जुलियन एल्भारेजले दुई गोल गरे । सिटीले खेलको ४० सेकेन्डमै अग्रता लिएको थियो र एल्भारेजले नै गोलको खाता खोलेका थिए । निनोले एक आत्मघाती गोल गरे भने अर्को फिल फोडेनको नाममा रह्यो । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा भने इजिप्टको आहलीले जापानको उरवा रेड डाइमन्ड्सलाई ४–२ ले पराजित गर्दै तेस्रो स्थान हात पारेको छ ।

 

म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीपछि सिटी क्लब वर्ल्डकप जित्ने चौथो इंग्लिस टिम बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय