मुगु जिल्लाको रारातालमा सुरु भएको पाँचौ रारा ट्रेलरनको उपाधी जुम्लाका युवक राज बुढा र सुनमाय बुढाले हात पारेका छन् । पुरुषतर्फ जुम्ला कनकासुन्दरी गाउँपालिका ३ लुम गाउँका युवक राज बुढा र महिलातर्फ जुम्ला पातरासी गाउँपालिका २ कि सुनमाया बुढाले रारा ट्रेलरनको उपाधी चुमेका हुन ।
रारातालको सौन्दर्यताको प्रचारप्रसारको लागि नेपाली सेनाले पाच बर्षदेखि रारा ट्रेल रनको आयोजना गर्दै आइरहेको छ । नेपालि सेना हनुमानध्वज गुल्मको आयोजनामा शुक्रबार भएको रारा ट्रेल रनको पाचौं सस्करणमा महिला ३८ र पुरुष १ सय ७५ जना गरेर २ सय २३ जनाले सहभागिता जनाएका थिए ।

एक सय ७४ जना धावकलाई पछि पार्दै जुम्ला कनकासुन्दरी गाउँपालिका ३ लुम गाउँका युवक राज बुढा रारा ट्रेलरनको पहिले बनेका हुन् । उनले १६ किलोमिटरको दुरी एक घण्टा १२ मिनेट १८ सेकेण्डमा पार गरे । जुम्ला कनकासुन्दरी गाउँपालिका १ का सोम बहादुर रावत १ घण्टा १४ मिनेट १९ सेकेण्ड दोस्रो र कनकासुन्दरी –२ जुम्लाकै चन्द्र रावतले १ घण्टा १४ मिनेट ४४ सेकेण्ड लगाएर तृतीय स्थान हासिल गरेका थिए ।

यसै बिच महिला तर्फका ३७ जना धाविकालाई पछि पार्दै जुम्ला पातारासि गाउँपालिका २ कि सुन माया बुढा प्रथम भइन् । उनले निर्धारित दुरी १ घण्टा २४ मिनेट १८ सेकेन्डमा पार गरि प्रथम भईन् । जुम्ला पातारासी गाउँपालिका– २ कि कल्पना बुढाले १ घण्टा २५ मिनेट ३५ सेकेण्ड द्वितीय र जुम्लाकै गुठिचौर गाउँपालिका ३ कि राज्यलक्ष्मी रावलले १ घण्टा २५ मिनेट ४६ सेकेण्ड लगाएर तेस्रो स्थान पक्का गरिन् ।

ट्रेल रनमा प्रथम,द्वितीय र तृतिय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीहरुलाई जनही क्रमश: ५० हजार,४० हजार,३० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रमाणपत्र प्रदान गरिएको छ । रारा ट्रेल रनले कर्णाली प्राकृतिक सुन्दरताले मात्रै भरिपूर्ण नभइ खेल पर्यटनका हिसाबले पनि अनुकुल भएको सन्देश फैलाइरहेकोमा रारा हनुमानधव्ज गुल्मका गुल्मपनि खिब बहादुर अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय