चितवन निर्वाचन क्षेत्र नम्बर दुईबाट निर्वाचित रवि लामिछानेले निर्वाचनको एक सय दिन पुगेको अवसरमा चितवनमा केही कार्यक्रम सार्वजनिक गरेका छन् ।
भरतपुरमा आफ्ना कार्यक्रम सार्वजनिक गर्दै उनले शिक्षा ,स्वास्थ ,यातायात र रोजगारीमा स्थानीयलाई दिने सेवाको घोषणा गरेका हुन । सो क्रममा लामिछानले आफ्नो घोषणा शुरुवाती मात्रै भएको बताउदै थप कार्यक्रम विस्तारै घोषणा हुने बताए ।



सभापति लामिछानेले आफनो निर्वाचन क्षेत्रमा महिलाहरुका लागि एउटा सार्वजनिक बस सेवा शुरु गरेको घोषणा गरेका छन् । त्यसैगरी ६५ बर्ष माथिका बृद्दबृद्दाका लागि मोवाईल क्लिनिक शुरु गर्ने घोषणा गरेका छन् । त्यसैगरी १ सय जनालाई स्वास्थ्य बिमा गर्ने घोषणा गरेका छन् ।
लामिछानेले चतुर्मुखी र रामनगर स्कुललाई नमुना स्कुल बनाउने घोषणा गरेका छन । यी सबै कामको समन्वयको लागि उनले हेमन्त बराललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त समेत गरेका छन् । बराल बेलायतमा पढेका आइटि बिज्ञ हुन ।



