कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरिएको छ। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दायर गरिएको हो।

सरकारले लामिछानेसहित अन्य प्रतिवादीहरूमाथि एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो दाबी गरेको छ। गोर्खा मिडिया प्रालिका सञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशीको गिरफ्तारीपछि ९२ दिनभित्र प्रतिवेदन तयार पार्दै कास्की प्रहरी कार्यालयले पुस १ गते सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो।

यस मुद्दामा गीतेन्द्र बाबु (जीबी) राईसहित १९ जनाविरुद्ध यसअघि नै मुद्दा दर्ता गरिएको थियो। लामिछाने र अन्य अभियुक्तमाथिको अनुसन्धान सकिएपछि प्रतिवेदन अध्ययन गरी अदालतमा मुद्दा दायर गरिएको हो। लामिछाने कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन्।

सार्वजनिक चासोको विषय बनेको यो प्रकरणले सहकारी क्षेत्रमा देखिएको ठगी, संगठित अपराध, र राजनीतिक हस्तक्षेपका मुद्दाहरूलाई पुनः सतहमा ल्याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय