राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान हुने दाबी गरेका छन्। सोमबार चितवनको कालिका नगरपालिका–३मा स्थानीयसँगको छलफलमा लामिछानेले देशभर रास्वपाको पक्षमा माहोल बनेको बताए।

उनले भने, “पहिला चितवनमा सुरु गर्दा माहौल थिएन। अब बलियो सरकार बन्छ भन्ने आशा जागेको छ। सुकुम्बासी समस्याबारे मैले पहिलादेखि नै बुझेको छु। नेताहरूले मुखले होइन काम गरेर देखाउनुपर्छ।”

स्थानीयहरूले पटक-पटक सुकुम्बासी समस्या समाधानको आश्वासन पाए पनि कार्यान्वयन नभएको भन्दै लामिछानेको ध्यानाकर्षण गराएका थिए। उनले यसअवधि आफ्नो अनुभव र पहिलाको सरकारमा काम गर्दा आएका कठिनाइबारे पनि साझा गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय