काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । पत्नी सीतालाई प्रधानमन्त्री दाहालले दागबत्ती दिनुभएको थियो ।




यसअघि सीता दाहालको पार्थीव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको थियो । त्यस लगत्तै नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गर्दै स्वर्गीय दाहालप्रति सम्मान प्रकट गरेको थियो ।

पशुपति आर्यघाटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायत विभिन्न दलका शीर्ष नेताको उपस्थिति थियो । माओवादी केन्द्रको सल्लाहाकार समेत रहनु भएकी दाहालको नर्भिक अस्पतालमा निधन भएको हो ।






