नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताउनु भएको छ । प्रेस सेन्टर नेपाल बाँकेमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले राजनीतिक परिवर्तनको कोर्ष पूरा गर्दै आएकोले माओवादी नै नयाँ शक्ति भएको बताउनु भएको हो ।
उहाँले आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डा नै अब मुलुकलाई अघि बढाउन केन्द्रीय एजेण्डा हुने दाबी गर्नुभयो । कार्यक्रममा पार्टीको आवश्यकता, साथीहरुको जोडबल र जनभावनाले गर्दा ३५÷३६ वर्षदेखि आफुले नेतृत्व गरिरहेकोले अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोंचमा रहेको उल्लेख गर्नुभयो ।



अध्यक्ष दाहालले एमाले–कांग्रेसको सरकार जनताको भावनाविपरित गएको बताउनु भयो ।



