काठमाडौं । आज मार्च ८ तारिख,अन्तराष्ट्रिय महिला दिवस ।

यसै सन्दर्भमा चन्द्रागिरि नगरपालिका क्षेत्रमा रहेर राजनैतिक क्षेत्रमा आफ्नो प्रभाव जमाउन सफल महिलाहरु माननिय रमा आले,बिन्दु श्रेष्ठ,यमुना देवि श्रेष्ठ र नगर उपप्रमुख बसन्ती श्रेष्ठको आज हामी चर्चा गर्दैछौं ।नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)की नेता ,माननिय रमा आलेमगर,बागमती प्रदेश काठमाडौं क्षेत्र नम्वर १० ख मा प्रत्यक्ष निर्वाचित सांसद हुन । उनि हाल बागमती प्रदेश बागमती प्रदेश सभा सञ्चालनमा देखिएको गतिरोध समाधानका लागि बनेको विशेष समिति सदस्य हुन ।माननिय बिन्दु श्रेष्ठ बागमती प्रदेश सभा सदस्य हुन । नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी बिन्दु चन्द्रागिरि नगरपालिका क्षेत्रको प्रभावशाली महिला हुन ।

त्यस्तै माननिय यमुनादेवि श्रेष्ठ बागमती प्रदेशका लागि नेपाली कांग्रेसबाट समानुपातिक सांसद चयन भएकी हुन । गत स्थानिय निर्वाचनमा नेकपा एमालेबाट उठेकी बसन्ती श्रेष्ठ चन्द्रागिरि नगरपालिकाको उपप्रमुख हुन । चन्द्रागिरि नगरपालिका क्षेत्रबाट राजनैतिक स्थरमा प्रतिनिधित्व गर्ने यी महिलाहरुले यस क्षेत्रको भौतिक पुर्वाधार बिकास,शिक्षा,स्वास्थ्य,कृषि,सामाजिक सचेतना फैलाउन गरेका जागरण लगायतका बिषयले प्रभावशाली बनायको हो ।

बागमती प्रदेश सांसदहरुले यस क्षेत्रको समस्या र त्यस्कालागि समाधानको उपाय आफ्नो कार्य क्षेत्रमा बुलंद बनाउन सफल भएका छन । थानकोट –चित्लाङ सडकखण्डको बिषय होस वा बेवारिस बन्दै गएको थानकोट स्थित त्रिभुवन पार्कको बिषय,यातायात संस्थानको बेवारिसे सार्वजनिक जग्गामा केन्द्रिय सरकारको ध्यानाकर्षण गराइ उपयोग गर्ने वाताबरण बनाउने नै किन नहोस,सडक स्त्तरोन्नतीका बिषय र प्रत्यक्ष जन सरोकारका बिषयलाइ सम्बन्धीत ठाउमा बुलंन्द आवाजमा यस क्षेत्रका बासिन्दाको कुरा उठाउदै र आवश्यक निति निर्माण गर्ने कार्य गर्दै आएका छन ।

चन्द्रागिरि नगरपालिकाकी उप प्रमुख बसन्ती श्रेष्ठले नगरबासीका हितका लागि दिर्घकालिन प्रभावपर्ने गरि कार्य गरिरहेकी छन । बिभिन्न स्थानमा हुने गरेका कार्यक्रमहरुमा उनले नगरक्षेत्रको पहिचान र नगरबासीको हितउन्मुख कार्यक्रमलाइ प्राथमिकतामा राखेर कार्य गर्दै आएकी छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय