राजधानी जोड्ने मुख्य राजमार्गहरुमा चार्जिङ्ग स्टेशनको संख्या बढेपछि सेवाग्राहीहरु खुशी भएका छन् । नेपालमा विद्युतीय सवारी साधन बढे पनि चार्जिङ्ग स्टेशन प्रर्याप्त नहुँदा घण्टौ सम्म पालो कुरेर बस्नु पर्ने बाध्यता रहेकोमा निजी र सरकारी दुवै तर्फबाट मुख्य बजारहरुमा चार्जिङ्ग स्टेशन राखेपछि सेवाग्राहीलाई सहज भएको हो ।

अहिले चितवनको मुग्लिनदेखि धादिङको नौविसेसम्म विद्युत प्राधिकरण र निजी कम्पनीले निर्माण गरेका ८० वटाभन्दा बढी चार्जिङ्ग स्टेशनहरु सञ्चालनमा रहेका छन् । पहिले पहिले समस्या हुने गरेकोमा अहिले पर्याप्त मात्रामा चार्जिङ्ग स्टेशन बनेसँगै विद्युतीय सवारी साधन लिएर हिड्न सहज भएपछि सेवाग्राहीहरु खुशी भएका छन् । सवारी साधन बढी गुड्ने र पार्किङ्ग हुने ठाउँहरुमा विद्युतिय सवारी साधन चार्जिङ्ग स्टेशन अझै पर्याप्त नभएकाले नीजि क्षेत्रहरुले पनि चार्जिङ्ग स्टेशन निर्माण गर्नुपर्ने सेवाग्राहीहरुको भनाइ छ ।

दिगो ग्रुपले चुम्लिङ्गटारमा एकै पटक १२ वटा विद्युतीय सवारी साधन चार्ज गर्न सक्ने गरी चार्जिङ्ग स्टेशन निर्माण गरेपछि सेवाग्राहीलाई थप सहज भएको छ । यसअघि काठमाडौं सिन्धुली सडक खण्डमा चार्जिङ्ग स्टेशनहरु निर्माण गरेको दिगोले लेवाटरामा पनि स्टेशन बनाएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय