काठमाडौं । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले राजश्व संकलन कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
बैठकमा उहाँले विकासका निम्ति छुट्याइएको विनियोजित बजेट खर्च नभएकोले समस्या दिनहुँ विकराल बन्दै गएको बताउनु भएको हो । उहाँले देशको विकास र समृद्धिसँग जोडिएका विषयमा सरकारको ध्यान चाँडोभन्दा चाँडो केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयो ।






