काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा एमालेले माग गरेको जस्तो उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको बताएका छन ।छानबिन समिति बन्दा अनुसन्धान नै परिणामुखी नहुने भन्दै त्यस्ता समिति आवश्यक नभएको उनको तर्क छ ।
’जनतासँग माओवादी रुपान्तरण अभियान’को तयारीे बैठकमा सहभागी हुन पोखरामा रहेका श्रेष्ठले संञ्चारकर्मीहरुको भेटघाटमा ‘यसरी बनाइने समितिमा दक्ष जनशक्ति नहुने र त्यस्ता समितिले ‘प्रतिवेदन बनाइने तर, कार्यान्वयन नहुने बताए । राज्यले अनुसन्धानकै लागि बनाएको संयन्त्र प्रहरी (सीआईबी)लाई कसरी अविश्वास गर्न मिल्छ ?’भन्दै श्रेष्ठले काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था नै पूरै परिवर्तन गरिने गृहकार्य भएकोे बताए । नक्कली भुटानी शरणार्थीको अनुसन्धान बाँकी रहेको र थप कोही दोषी देखिए ती व्यक्तिमाथि पनि अनुसन्धान हुने श्रेष्ठले बताए ।



‘तथ्य प्रमाणले जहाँसम्म देखिन्छ अनुसन्धान त्यहाँसम्म जान्छ,’ उनले भने, ‘त्यसमा माओवादी, गठबन्धन, नाता, सम्बन्धको मतलब हुँदैन ।’’गठबन्धन दलले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान नगर्न निर्देशन दिएको हो ?’ भन्ने पत्रकारको प्रश्नमा गृहमन्त्री श्रेष्ठले कसैको पनि निर्देशन नभएको र प्रहरीले आफ्नै तरिकाले अनुसन्धान गरिरहेको बताए । ललिता निवासमा किर्ते र संगठित अपराधको मात्र अनुसन्धान भएको उनले बताए ।अरु व्यक्तिको अनुसन्धानमा सर्वोच्च र विशेष अदालतमा मुद्दा विचाराधीन भएको हुँदा अनुसन्धान गर्न नमिलेको उनको भनाइ छ ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



