वीरगञ्ज- जनकपुरधामस्थित जानकी मन्दिरबाट बिहीबार रामको घर अयोध्या जाँदै गरेको कोसेली ‘भार’ आज भारततर्फ प्रस्थान गरेको छ । माता सिताको जन्मभूमि जनकपुरधामबाट भारतको उत्तर प्रदेशस्थित श्री राम भगवानको जन्मभूमि अयोध्यामा नवनिर्मित श्री राम मन्दिरको उदघाटन एवम् प्राण प्रतिष्ठानको अवसरमा भार ‘सनेश’ सहितको यात्रा टोलीलाई आज वीरगञ्जवाट विदा गरिएको हो ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास ‘वैष्णव’ को नेतृत्वको टोलीलाई वीरगञ्जबाट भव्य रूपमा बिदाइ गरिएको हो । बिहीबार राती वीरगञ्ज पुगेको टोलीलाई बिरगंज महानगरपालिका का नगर प्रमुख राजेशमान सिंह लगायतका विशिष्ट व्यक्तिहरूले बिरगंज महानगरबासी को तर्फबाट कोसेली र सनेश दिएर विदा गरेका हुन ।

कोशेली बोकेको टोली सीमावर्ती भारतीय सहर रक्सौलको बाटो भएर गोरखपुर हुँदै अयोध्यासम्म पुग्ने बताइएको छ । त्यहाँ श्री राम मन्दिरको उदघाटनका क्रममा नेपालबाट पुगेको सनेशलाई प्रसादका रूपमा चढाइने तयारी छ । २० गते राति अयोध्या पुग्ने र २१ गते शनिवार भार राम मन्दिर ट्रस्टलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय