नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न पुगेका एक जना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न गएका धुलिखेल नगरपालिका–१० काभ्रेपलान्चोक स्थायी ठेगाना भएका ५४ वर्षका भुवन विश्वकर्माको सोमबार विहान लेक लागेर मृत्यु भएको हो ।

मृतक विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुग्नुभएको थियो । उपचारमा संलग्न जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीले चेकजाँचको क्रममा अक्सिजनको कमी भएको र अस्पताल भर्ना हुनस् भन्दा नमानी सामान्य चेकजाँचपछि विश्वकर्मा सल्लेरी फर्केको जानकारी दिनुभयो । डा. शाहीले विश्वकर्मालाई साथीहरुले पुनः एम्बुलेन्समा लिएर आएको र अस्पताल आइपुग्दा उहाँको बाटैमा मृत्यु भैसकेको जानकारी गराउनु भयो ।

आइतबार मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय