काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोकेको समयसीमा सकिएसँगै केपी शर्मा ओलीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेले प्रधानमन्त्रीमा दावी गरेको थियो । नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार राष्ट्रपति निवास शीतल निवासमा हुनेछ ।



नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७९ पुस १० गते नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।



