काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन जना मन्त्रीलाई नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले नयाँ गठबन्धन निर्माण गरेसँगै नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई नियुक्त गर्नुभएको हो । नवनियुक्त तीनै जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहाय यादव, सभामुख देवराज घिमिरे, प्रधानन्यायधीश विश्वम्भर श्रेष्ठलगायतको उपस्थिति थियो । तीनै जना मन्त्रीलाई कुनै जिम्मेवारी दिइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय