काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वले नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा बाधेको बताउनु भएको छ । उहाँले चाडपर्वले समाजलाई धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न सहयोग पुगेको दाबी गर्नुभयो ।

श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको अवसरमा शुभकामना दिँदै पर्वले नेपालीमा आपसी सद्भाव, करुणा र मैत्रीभावना अभिबृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना दिँदै श्रीकृष्णले महाभारतमा अर्जुनलाई दिएको गीता उपदेशले धर्म, कर्म र मोक्षको मार्ग देखाउने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय