काठमाडौं । सहकारी ठगी मुद्दामा पक्राउ परेका पूर्वगृमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराउँदा नेता कार्यकर्ता भने सडकमा नाराबाजी गरिरहेका थिए । शनिबार शान्त बसेका सहकारी पीडित भने आइतबार प्रदर्शनमा उत्रिए । निषेधित क्षेत्र तोड्दै रास्वपा कार्यकर्ता भने राष्ट्रिय झण्डामा रविको न्यायको पक्षमा नारा लगाए ।

लामिछानेको समर्थनमा पोखरामा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । निषेधित क्षेत्रमा नाराबाजी गरेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो । प्रदर्शनमा प्रहरी र रास्वपा कार्यकर्ताबीच पटकपटक धकेलाधकेलको स्थिति बनिरहेको थियो ।

सहकारी ठगी मुद्दामा शुक्रबार काठमाडौंबाट पक्राउ परेका कास्की प्रहरीको हिरासतमा राखिएकोमा सभापति लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । सिधा बाटोमा अवरोध हुन सक्ने भन्दै रविलाई जिरोकिलोमिटर, हल्लनचोक हुँदै लेकसाइडबाट घुमाएर अदालत उपस्थित गराइएको थियो । निषेधित क्षेत्र छाड्न नमाने पनि प्रशासनले भने बल प्रयोग भने गरेन । जसकारण स्थिति शान्त बन्न पुग्यो । कास्की प्रशासनले ११ बजेर ४५ मिनेटबाट निषेधित क्षेत्र घोषणा गर्दा प्रदर्शनकारीहरु पहिले नै सडक कब्जा गरेर बसिसकेका थिए ।

लामिछानेलाई अदालतमा उपस्थित गराउने भएपछि सहकारी पीडितहरुले राष्ट्रबैंक चोकमा प्रदर्शन गरिरहेका थिए । पीडितलाई भने निषेधित क्षेत्र भन्दै प्रहरीले राष्ट्रबैंक चोकमा नै रोकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय