काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएपछि भएको शोकमा सरकारले बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
बुधबार बिहान पोखरा जान लागेको सौर्य एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना हुँदा विमानमा रहेका १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो । सामान्य घाइते अवस्थामा उद्धार गरिएका विमानचालक मनिषरत्न शाक्यको उपचार भइरहेको छ ।



दुर्घटनाबारे अध्ययन गर्न सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।



