काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । अर्यालले आज अध्यक्ष नारायणप्रसाद दाहाललाई आफ्नो पदबाट राजीनामा बुझाएकी हुन् ।
नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी लगायतका दलहरु सम्मिलित नयाँ गठबन्धन बनेसँगै दलीय भागबण्डाको आधारमा राष्ट्रिय सभा उपाध्यक्ष पद अन्य दलको भागमा परेपछि अर्यालले पदबाट राजीनामा दिएकी हुन् ।




राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष फरक लिंग र फरक दलबाट हुनु पर्ने संवैधानिक प्रावधान छ । अध्यक्षमा नारायण दाहाल निर्वाचित भइसकेकाले उपाध्यक्षमा महिला नै हुनुपर्नेछ । यद्यपी राष्ट्रिय सभाको उपाध्यक्ष भने अहिलेसम्म टुंगो लाग्न सकेको छैन ।



