काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुलाई आज निर्वाचन चिन्ह प्रदान गरिएको छ ।

निर्वाचन आयोगले आज विहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारलाई सम्बन्धित दलको चुनाव चिन्ह प्रदान गरेको हो । सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आसन्न राष्ट्रिय सभा निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा छन् । उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ र लुम्बिनी प्रदेशमा ६ जना उम्मेदवार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय