काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा असन्तुष्टि जनाउँदै महामन्त्री मुकुल ढकालले मुखमा कालो टेप टाँसेर विरोध गरेका छन् । महामन्त्री ढकालले बैठक लाइभ नगर्ने निर्णयविरुद्ध मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी भएको जनाएका छन् ।
महामन्त्री ढकालले ३८ जिल्ला पुगेर तयार पारेको समीक्षा प्रतिवेदन गत साता सभापति रवि लामिछानेलाई बुझाउनु भएको थियो । ढकालले बुझाएको ३२ पृष्ठको प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी समेत बन्न कठिनाई हुने उल्लेख गरिएको छ । प्रतिवेदनको विषयमा सावर्जनिक अभिव्यक्ति दिएको भन्दै ढकाललाई स्पष्टीकरणसमेत सोधिसकेको छ ।






