काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ । बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्दैछ । बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा छलफल हुने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।
यस्तै, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम् मुद्दा र संघर्षका ‘मोडालिटी’बारे छलफल हुनेछ । स्थानीय तह उपनिर्वाचन परिचालन र विविध विषयमा छलफल गर्न बैठक ठाकिएको परियारले बताउनु भयो ।



लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले आन्दोलन गरिरहेको छ । यो विषयमा पनि आगामी रणनीति तय गर्ने विषयमा छलफल हुने बताइएको छ ।



