काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक बस्दै छ । बैठक वैशाख २८ गते सुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने छ ।

नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी अनियमिततामा संलग्न रहेको आरोप लगाउँदै आएको र छानविन गर्न संसदीय समिति नबने बजेट अधिबेशन चल्न नदिने भन्दै संसद अवरोध गर्दै आएको छ ।

रास्वपाको आजको बैठक बजेट अधिवेशन, कांग्रेसले पार्टी सभापति लामिछानेको विषयमा उठाएको विषय र पार्टीको आगामी रणनीतिमा छलफल केन्द्रीत हुनेछ ।

बैठक पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय