काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन सुरु गरेको छ । केहीदिन अघि एक टेलिभिनजको अन्तर्वार्तामा सांसद पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको विषयमा थापाको नाम लिएपछि रास्वपाले उनीमाथि छानविन सुरु गरेको हो ।
रास्वापाले आज एक विज्ञप्ती जारी गर्दै बुधबार केन्द्रीय अनुसन्धान आयोगका प्रमुखको उपस्थितिमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल भइ थापासँग सोधपुछ तथा अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।



हेर्नुहोस् रास्वपाको विज्ञप्ती




