काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटारमा बृहत् प्रदर्शन गर्ने भएको छ ।
दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोधले सभापति रवि लामिछानेलाई पक्राउ गरिएको भन्दै बालुवाटारमा वृहत प्रदर्शन गर्न लागेको हो ।



लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक विरोध गर्दै आएको छ ।



