काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि १३ को वडा सभापतिमा अशोक बुढाथोकी चयन हुनुभएको छ ।
नैकापमा आयोजित पार्टीको प्रथम वडा अधिवेशनले बुढाथोकीलाई सर्वसम्मत वडा सभापतिमा चयन गरेको हो । बुढाथोकीको नेतृत्वमा सात सदस्यीय वडा कमिटी गठन गरिएको छ भने गत स्थानीय निर्वाचनमा उहाँ नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो ।



कार्यक्रममा रास्वपाका नेता टेकबहादुर पोखरेल (प्रभुराम) ले देशको समग्र रूपान्तरण नयाँ शक्ति एक भएर अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले चन्द्रागिरिमा रास्वपाको यसअघि ५, ८, १० र १५ वडाको अधिवेशन सम्पन्न भइसकेको र बाँकी वडामा क्रमिकरुपमा कमिटी बनाउँदै जाने उल्लेख गर्नुभयो । पोखरेलले अब छिट्टै नगर सभाको मिति पनि तय गरिने जानकारी दिनुभयो ।



