काठमाडौं । राहत शिक्षकहरुले आजपनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
असोज ५ गते सरकार र नेपाल शिक्षक महासंघबीच ७ बुँदे सम्झौता भएपनि त्यसमा आफ्ना माग सम्बोधन नभएको राहत शिक्षकहरुको गुनासो छ । अन्य शिक्षकहरुले सम्झौतादेखि नै आन्दोलन फिर्ता लिएर अध्ययन अध्यापन थालेपनि राहत शिक्षक भने दैनिक प्रर्दशन गरिरहेका छन् ।






