रुसले युक्रेनको उत्तरी सहर चेर्निहाइभको सेन्ट्रल स्क्वायरमा मिसाइल आक्रमण गर्दा कम्तीमा सात जनाको मृत्यु भएको छ । अरु १ सय ९० जना घाइते भएका छन् । युक्रेनको आन्तरिक मामिला मन्त्रालयले विज्ञप्ति जारी गर्दै रुसले सीमा क्षेत्र नजिकैको सहरमा विश्वविद्यालय र नाटक घरसहितका भवनहरूमा आक्रमण गरेको जनाएको छ ।
रुसले भने मस्कोमा युक्रेनले गरेको ड्रोन आक्रमण असफल भएको दाबी गरेको छ । घटनामा घाइतेहरूको उपचार भइरहेको छ । मृतकको संख्या अझै बढ्नसक्ने आकलन गरिएको छ । आक्रमणमा परी घाइते भएकी ६ वर्षे बालिकाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।



ती बालिकाको आमाको अवस्था भने गम्भीर रहेको सरकारी अधिकारीहरूले बताएका छन् । प्रहरीले ६ वर्षे बालिकाको उद्धार गरी अस्पताल पु¥याएका थिए । तर अत्यधिक रक्तस्रावका कारण अस्पताल पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।



