काठमाडौँ — रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका थप १६ जना नेपालीको ज्यान गएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १६ नेपालीको लडाईमा ज्यान गएको जानकारी सरकारलाई प्राप्त भए पनि उनीहरूको मृत्युको बारेमा यकिन गर्न अहिले डिएनए टेष्टको लागि नेपाल ल्याइएको छ ।रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध गरेर ज्यान गुमाउने नेपालीको संख्या ३३ पुगेको छ । परराष्ट्रले यसअघि नै १७ जनाको ज्यान गइसकेको जानकारी सार्वजनिक गरिसकेको हो ।
केहि समय अगाडी सामाजिक सञ्जालमा नेपाली युवाहरुले भात सरकारलाई आफुहरुको ज्यान बचाईदिन आग्रह गरेको भिडियो भारतीय मिडियामा भाईर भएको थियो । उनीहरुले नेपाल सरकारले आफुहरुको उद्धारमा तदारुकता नदेखाएको र भारत नेपालको घनिष्ट मित्र राष्ट्रभएकोले भारतीयहरुलाई जसरी नै नेपालीहरुको पनी उद्धार गरिदिन आग्रह गरेका थिए ।






