रुसमा शक्तिशाली भूकम्पको महशुस गरिएको छ । स्थानीय समयानुसार आइतबार बिहान ७ म्याग्निच्यूडको भूकम्प गएको सीएनएनले जनाएको छ ।
रुसको सुदूरपूर्वमा रहेको कामचटका प्रायद्वीपको तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ ।



भूकम्पपछि अमेरिकाले सुनामीको चेतावनी जारी गरे पनि रुसी आपतकालीन मन्त्रालयले त्यसलाई नकारेको छ । क्षतिको विवरण भने आउन बाँकी छ ।



