कपिलवस्तु – लगातारको शितलहरका कारण चिसो बढे पछि कपिलवस्तु सदरमुकाम तौलिहवा र आसपासका सामुदायिक विद्यालयहरु वन्द गरिएका छन् । चिसोका कारण विद्यार्थीहरुको पठन पाठनमा समस्या देखिन थाले पछि कपिलवस्तु नगरपालिका शिक्षा शाखाबाट पौष मसान्त सम्मका लागि विद्यालय वन्द गर्न निर्देशन गरिएको शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीले बताए ।
कपिलवस्तु नगरपालिका लगायत जिल्लाको महाराजगंज नगरपालिकाका सामुदायिक विद्यालयहरुमा समेत जाडो विदा गरिएको छ ।






