रामेछाप । रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट ३ सय ८१ वटा पशुचौपाया मरेका छन् । २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन् ।
लम्पी स्किन रोगबाट मन्थली नगरपालिमा ४०, गोकुलगङ्गा गाउँपालिकामा १५, रामेछाप नगरपालिमा ७५, खाँडादेवी गाउँपालिकामा पाँच, लिखु तामाकोशी गाउँपालिकामा १५०, सुनापती गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० गाईगोरु मरेको पशु सेवा शाखाले जनाएको छ । रामेछाप नगरपालिकामा अहिलेसम्म २ हजार १ सय ९०, मन्थलीमा ४ हजार, लिखु तामाकोशीमा ५ हजार २ सय, गोकुलगंगामा ४ हजार, खाँडादेवीमा २ हजार, उमाकुण्डमा २ हजार र सुनापातीमा १ हजार ६ सय ३५ पशुमा लम्पी स्किन सङ्क्रमण फैलिएको छ ।



लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेको छ । रोगका कारण किसानले लाखौँ रुपैयाँको क्षति व्यहोर्नुपरेको छ ।



