काठमाडौं । ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा. २ ख ८५८३ नम्बरको बस दुर्घटना भएको छ । तीब्र गतिका कारण बस अनियन्त्रित भई बीच बाटोमै पल्टिएको प्रहरी प्रभाग इमाडोलले जनाएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । घाइते १८ जनाको बी एण्ड बी अस्पताल र १ जनाका किस्ट अस्पतालमा उपचार भइरहेको छ । उहाँहरु सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसमा २४ जना सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय