ललितपुर । ललितपुरमा विजुलीका सामग्रीको होलसेल पसल संचालनमा आएको छ ।
भैंसेपार्टी चोकमा संचालनमा आएको होलसेल पसलमा घरायसी देखि विभिन्न ठूला होटल, कम्प्लेक्सलाई चाहिने सम्पूर्ण विजुलीका सामान उपलब्ध हुने संचालक निरोज केसीले जानकारी दिनुभयो । एनकेसी इलेक्ट्रिक हवले सुरुवाती चरणमा ७० लाख रुपैयाँमा संचालनमा ल्याइएको पसल आवश्यकताअनुसार लगानी थप गर्दै जाने केसी बताउनुहुन्छ ।




देशको अर्थतन्त्र चलायमान नभएको अहिलेको अवस्थामा स्वरोजगारमा लगानी गर्नु चुनौतिपूर्ण रहेपनि देशको अर्थतन्त्र सुधार हुँदै जानेमा केसीको विश्वास छ । सोहीकारण पनि आफुले लगानी गरेको केसीको भनाइ छ । छिमेकी मुलुक चीन र भारतबाट सिधै सामान ल्याएर उपभोक्तालाई सहज र सरल मूल्यमा विक्रि गर्ने पनि केसीको योजना छ ।



