काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवलाई पक्राउ पूर्जी जारी गरिएको छ ।
ललिता निवासको जग्गा व्यक्तिको नाममा पास गर्न संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । यसअघि पूर्वसहसचिव सुधिर साह पक्राउ परिसकेका छन् भने अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात भने फरार छन् ।



ललिता निवासको ११४ रोपनी जग्गा कीर्ते गरी व्यक्तिको नाममा गर्नेमाथि प्रहरीले पुनः अनुसन्धान अघि बढाएको हो ।



