काठमाडौँ । सर्वोच्च अदालतले संचार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सचिव राउतलाई थुना बाहिर रहेर मुद्दा लड्न परमादेश जारी गरेको हो । राउतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने आधार, कारण र औचित्य नदेखिएकोले थुना बाहिर रहि तारिखमा राखेर अनुसन्धान गर्न भनिएको छ । साथै अनुसन्धान सकिदासम्म राउतलाई मुलुक बाहिर भने जान नपाउने भएका छन् ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा सचिव राउतलाई गत असार २४ गते प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) ले पक्राउ गरेको थियो । सचिव राउतसहित भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले पक्राउविरूद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय