काठमाडौं । ललिता निवास प्रकरणमा प्रकाउ परेका रमेश कुमार पोखरेललाई थुना बाहिर राखेर अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । पोखरेलको स्वास्थ्य अवस्था लगायतका कुराहरुलाई ध्यानमा राखी थुना बाहिर नै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । ललिता निवास प्रकरणमा सरकारी कागजात कीर्तेमा संलग्न रहेको आरोपमा पोखरेल पक्राउ परेका हुन् ।

उनी समरजंग कम्पनीका तत्कालीन प्रमुखसमेत हुन । अदालतले यसअघि सोही प्रकरणमा सञ्चार, सूचना तथा प्रविधिमन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई देश छाड्न नपाउने गरी थुनामुक्त गर्न आदेश थिएको थियो भने अरु तीन जनालाई भने थुनामै राख्न अनुमति दिएको थियो । भाटभटेनीका मालिक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमलाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो । जग्गा प्रकरणमा हालसम्म २२ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय