फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को पहिलो चरणको छनोटमा नेपालले लाओसमाथी जित हात पारेको छ। दुई लेगको प्रतिस्पर्धामा दोस्रो लेगमा लाओसलाई उसैको घरेलु मैदानमा १ -० ले पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको हो। नेपालको जितमा मनिष डाँगीले गरेको गोल निर्णायक बन्यो। उनले अञ्जन विष्टको पासमा ५३ मिनेटमा गोल गरेका थिए।

यससँगै नेपाल समग्रमा २-१ ले अघि रहदै दोस्रो चरणमा पुग्यो। गत साता दशरथ रंगशालामा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका थिए। अब दोस्रो चरणमा नेपालले समूह ‘एच’ मा प्रतिस्पर्धा गर्नेछ। समूहमा नेपालसँगै युएई, यमन र बहराइनसँग प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय