सिरहा, २१ मंसिर । सिरहाको लहानमा लागुऔषध (खैरो हिरोईन) सहित एक जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा धनुषा र प्रहरी चौकी लाहानबाट खटिएको प्रहरीको संयुक्त टोलीले सिरहाको बरियापट्टी गाउँपालिका–१ का ४६ वर्षीय ग्रिस प्रसाद यादवलाई बिहीबार लागुऔषध (खैरो हिरोइन) सहित पक्राउ गरेको हो ।

यादवलाई लहानको मखन होटलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनको साथबाट प्लाष्टिक सहित ५१ ग्राम ९०० मिलिग्राम र प्लाष्टिक बाहेक ४९ ग्राम ९०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । साथै यादवको साथबाट स७प ५९७ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीको भनाइ छ । बरामद लागुऔषध, मोटरसाइकल र यादवमाथि ईलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय