हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३ ग्राम ५६० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहिद एक जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–८ स्थित टेस्टी म.म. एण्ड फास्ट फुड खाजा घरभित्र बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा हेटौंडा–१०, न्यूरेनी बस्दै आएका हेटौंडा– १४ का २७ वर्षीय किरण सुनार रहेका छन् ।



खानतलासी गर्दा ३ ग्राम ५६० मिलिग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको र सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।



