अर्घाखाँची । लागू औषध मुद्दामा जेल चलान गर्ने अदालतले फैसला सुनाए पछि फरार रहेका एक जनालाई २९ वर्ष पछि अर्घाखाँचीले पक्राउ गरेको छ ।अर्घाखाँचीको पाणिनि गाउँपालिका ८ पालीमा घर भई हाल नेपालगञ्ज उपमहानगर पालिका २ बस्ने समसुदिन मियाँलाई लागू औषध मुद्दामा २९ बर्ष पछि प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठोरले बताए ।



मियालाई लागू औषध मुद्दामा गुल्मी जिल्ला अदालतको २०५१ सालको असार ३० गतेको फैसला अनुसार २ वर्ष ५ महिना २४ दिन कैद केद फैसला गरेको थियोे । अदालतले कैद सजाय सुनाए पछि उनी भागेर फरार रहेका थिए । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला अदालत अर्घाखाँचीमा पेश गरिएको र कैद भुक्तानको लागि कारागार चलान गरिएको डिएसपी राठोरको भनाइ छ ।



