काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की प्रहरीले पक्राउ गर्न अनुमति लिएलगत्तै प्रहरी रास्वपाको केन्द्रीय पार्टी कार्यालय पुगेका छन् ।

लामिछानेलाई पक्राउ गर्न प्रहरी पार्टी कार्यालय पुगेपछि कार्यालयमा ठूलो भीड लागेको छ । लामिछानेमाथि सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको थियो ।

अदालतको अनुमतिपछि लामिछानेलाई पक्राउ गरी कास्की पठाउन रास्वपाको पार्टी कार्यालयमा प्रहरी परिचालन गरिएको हो । लामिछाने संलग्न रहेको पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेले जीबी राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो । सोही आधारमा कारबाही सिफारिससमेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय