काठमाडौं । लिबियाको तटमा आप्रवासी सवार डुङ्गा डुब्दा ६० भन्दा बढी आप्रवासीको मृत्यु भएको छ ।

उच्च छालहरूले डुङ्गालाई बगाएको र बालबालिकासहित ६० आप्रवासीको मृतक भएको हो । जहाजमा जुवारा शहरबाट लगभग ८६ जना सवार भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जनाएको छ । नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी देशहरूका आप्रवासी सवार डुङ्गा डुबेको हो् ।उद्धारका क्रममा जिवीत २६ जनालाई लिबियाको हिरासत केन्द्रमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई चिकित्सा सहायता दिइएको बताइएको छ । लिबिया भूमध्यसागर पार गरेर युरोप प्रवेश गर्न खोज्ने आप्रवासीहरूको लागि मुख्य प्रस्थान बिन्दु हो ।

 

आईओएमको अनुसार यो वर्ष मात्र क्रसिङ गर्ने प्रयास गर्दा २ हजार २ सय भन्दा बढी मानिसहरु डुबेका छन्, जसले यसलाई विश्वको सबैभन्दा खतरनाक प्रवासी मार्ग मध्ये एक बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय