काठमाडौं । चन्द्रागिरिको सांगीतिक समुह ‘लु निभा ब्याण्ड’ ले क्यान्सर पीडित अञ्जली श्रेष्ठलाई रकम सहयोग गरेको छ । विगत पाँच वर्षदेखि क्यान्सरसँग जुधिरहेकी श्रेष्ठलाई उहाँकै निवासमा पुगेर ब्याण्डले सहयोग रकम हस्तान्तरण गरेको हो ।
सन् २०१९ मा BSC सक्काएर शिक्षण अस्पताल, महाराजगञ्जबाट नर्सिङ पेशामा प्रवेश गरेकै वर्ष श्रेष्ठलाई क्यान्सर जस्तो घातक रोगको पहिचान भएको थियो । बारम्बार किमो थेरापीबाट खर्च धान्नै नसक्ने अवस्थामा पुगेका श्रेष्ठका परिवारलाई च्यारिटी सांगीतिक कार्यक्रमबाट संकलन भएको रकम ब्याण्डले सहयोग गरेको छ ।






