काठमाडौं । मोरङको जहदा गाउँपालिका–१ का वडा अध्यक्ष बाबुराम राजवंशीका छोरालाई अ*परहण गरेको आरोपमा प्रहरीले तीन जनालाई जहदा–१ बुधनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा–१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका–१८ का २१ वर्षीय विवेकानन्द यादव रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जना मिलेर १० वर्षीय धनीधर राजवंशीलाई अपहरण गरेको देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जानकारी दिएको छ ।



जहदा–१ बाट मंगलबार दिउँसो ३ बजेतिर वडा अध्यक्ष राजवंशीका छोरा अ*परहणमा परेका थिए । बालकका बुवा एवं जहदा–१ का वडाध्यक्ष बाबुरामले छोराको अ*परहणमा संलग्नलाई कारबाहीको माग राखेर इलाका प्रहरी कार्यालय रानीमा किटानी जाहेरी दिएका छन् ।



