जिल्ला प्रहरी कार्यालय लमजुङले वडाध्यक्षसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेंसीसहर नगरपालिका वडा ९ का वडाध्यक्ष खुशीजङ गुरुङ, बेंसीसहर ८ का विशाल अधिकारी र मोहन तामाङ रहेका छन् । प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।

वडाध्यक्षलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा गत फागुन २५ गते मुद्दा दर्ता भएपछि उनीहरु फरार भएका थिए । आइतबार उनीहरु स्वयम् प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । अध्यक्ष गुरुङविरुद्ध गत वर्ष पनि अभद्र व्यवहार कसुरमा मुद्दा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय