बर्दिया- बर्दियाको मधुवन नगरपालिका वडा नं. ३, मा रहेको खाता सामुदायिक वन समन्वय समितिले वन्यजन्तुको आक्रमण परि ज्यान गुमाएकाहरुको आफन्तलाई आय आर्जनमा सहयोग गर्ने भएको छ । खाता समन्वय समिति अन्र्तगत पर्ने मधुवन नगरपालिकाको वडा नं. १ देखि ५ नं. वडामा बसोबास गर्ने वन्यजन्तुको आक्रमणमा परि ज्यान गुमाएकाहरुका आश्रित १६ जना घरपरिवारका सदस्यहरुलाई दैनिक जिवन सहज गराउनका लागि सहयोग गर्न लागेको खाता समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङ्गले जानकारी दिएका छन् ।
अध्यक्ष गुरुङ्गले १६ जना मध्ये २ जनालाई आय आर्जनका लागि आर्थिक सहयोग गरिसकेको र बाँकी रहेका १४ जना परिवारलाई जनही ५० हजारका दरले तराई भू–परिधि कार्यक्रम अन्तर्गत सहयोग गर्न लागेको बताए ।



वन्यजन्तकोु आक्रमणमा परि ज्यान गुमाएकाहरुको परिवारहरु संगै छलफल गरि उनीहरुकै सल्लाह बमोजिम खाता समन्वय समितिले आय आर्जनमा सहयोग गर्न लागेको हो । मधुवन नगरपालिका वडा नं. ३ भग्रैयाका राम बहादुर के.सी. ले आफु जैविक मार्ग अन्तर्गतको क्षेत्रमा बसोबास गर्ने भएकाले वन्यजन्तुको आक्रमणमा पर्ने त्रासमा बाच्नु परेको गुनासो गरे । के.सीले आफुहरु राज्यका विभिन्न तह र तप्कामा गएर आफ्ना समस्याहरु लिएर जाँदा पनि नसुनेको उनको भनाईछ उनले राज्यबाट कुनै किसिमको सुबिधा नपाएको र राज्यले पिडित जनतालाई भोट बैंक र कर तिर्ने मेसिन मात्र बनाएको उनले दुखेसो पोखे ।
यसै गरि मधुवन ३ भग्रैया बस्ने प्रेम वंशीले आमा कली वंशी घास काट्न गएको समयमा बाघको आक्रमण परि ज्यान गुमाएपछि उनी विक्षिप्त छन् । वंशीले आफुहरु असुरक्षित भएर पनि वन्यजन्तु संरक्षणमा लागेका बर्दियाका नागरिककहरुलाई राज्यले व्यवस्थापन गर्न नसेको कारण मानव र वन्यजन्तु द्धन्द बढदै जाँदा मानिसहरु जंगली जनावरको शिकार हुन परेको बताए । राज्यले आफुहरुलाई बनमा आश्रित हुन नपर्ने किसिमका तालिम तथा रोजगारीको सिर्जना गरिदिन वंशीले सहयोगि निकायलाई आग्रह गरेका छन् ।
आर्थिक बर्ष ०७०-०७१ देखि ०८०-०८१ सम्ममा खाता सामुदायिक वन समन्वय समिति अन्तर्गतका क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परि १६ जनाले ज्यान गुमाएका थिए । जसमध्ये १२ जना बाघ, २ जना गैडा र २ जना हात्तिको आक्रमणमा परेका थिए । मधुवन नगरपालिकामा रहेको खाता जैविकमार्गहुदै वन्यजन्तु ओहोर दोहोर गर्नै भएकाले पनि मधुवन क्षेत्रमा वन्यजन्तु र मानव बिच द्धन्द बढिरहेको छ ।



