काठमाडौं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताउनु भएको छ ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले आयोजना गरेको ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सरकारलाई बहुमत पुर्याउनकै लागि भएपनि विवादित व्यक्तिहरुलाई गठबन्धन भित्र ल्याउनु परेको बताउनु भयो ।

उहाँले यदि विवादित व्यक्तिले सरकारमा बसेर कमजोरी गरे कुनै किसिमको छुट नहुने सत्तारुढ गठबन्धनमा प्रतिबद्धता गरेको बताउनु भयो । उपाध्यक्ष भुसालले गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले पनि अहिलेको सरकारलाई काम गर्न सहज हुने दाबी गर्नुभयो ।

सजिलो हुने बताइन्। उनले दीर्घकालसम्म देशमा दुईवटा कम्युनिस्ट पार्टीहरु समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पु¥याउनुपर्ने बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय